images
images
  • कैलाली कारागारमा एक जना कैदीको मृत्यु

    काठमाडौं– कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।

    चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

    चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images