images
images
  • कञ्चनपुरमा करेन्ट लागेर २५ वर्षीय युबकको मृत्यु


    बेलौरी। कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ३ गोकुलपुरका २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

    शनिबार दिउँसो आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युत्को मूल लाइनमा छोएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images