images
images
  • दुर्घटनामा घाइते ट्राफिक प्रहरीका सहायक हबल्दार धामीको मृत्यु

    धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटनामा म्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ ।

    बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए।

    मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहोरीले जानकारी दिए ।

    बिहीबार साँझ करीब ७ बजेको समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images