images
images
  • आर्थिक अभावका कारण रोशनको उपचारमा समस्या

    बुढीनन्दा- बाजुराको स्वामीकार्तिक खापर गाउँ पालिका वडा नं. ४ वाईका रोशन दमाईको आर्थिक अवस्था कम्जोरका कारण उपचारमा समस्या आएको छ । घरको आर्थिक अवस्था कम्जोर भए पछि खुट्टामा राखिएको रड समेत निकाल्न समस्या भएको हो ।

    आज भन्दा चौध महिना अगाडि गाउँमा फुटबल खेल्ने क्रममा उनको बायाँ खुट्टा भाचिए पछि साहुको डेढलाख रिन निकालेर उपचार गर्न नेपालगन्ज लगेर खुट्टामा रड राखेको रोशनका बुवा कलिभान दमाईले बताएका छ्न ।

    उनका अनुसार डाक्टरले रड निकाल्न ६ महिना पछि आउन भने पनि पहिला उपचार गरेको पैसा समेत तिर्न नसकेको र घरको आर्थिक अवस्था कमजोर हुदा रड निकाल्न नसकिएको उनले दुखेसो सुनाएका छ्न ।

    ६ जना परिवार रहेको दमाईको दैनिक गुजारा चलाउन समेत ज्याला मजदुरी गर्नु पर्ने अवस्था रहेको छ । नत कमाई खान एक मानो जग्गा नै छ स् उनी बसिरहेको घर बनाएको जग्गा समेत अरुको नाममा लालपुर्जा रहेको छ ।

    सरकारले भुमी विहीन हरुलाई जग्गा उपलब्ध गराउने भने पनि अहिले सम्म यस्को अत्तोपत्तो भने केही छैन । अहिले रोशनको खुट्टामा राखिएको रड खुट्टा बाट बाहिर निस्किए पछि सारै दुख्ने गरेको उनिले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images