गल्छी- धादिङ्गको नमुना वागेश्वरी बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
आइतबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार अन्दाज श्रेष्ठ विजयी भएका छन् ।
अनेरास्ववियुका श्रेष्ठले ८५ मत पाउनुभयो भने उहाका निकटतम प्रतिद्वन्द्वी नेविसंघका बाबुराम भण्डारीले ४० मत पाएका छन् । १ मत बदर भएको छ ।
यसैगरी सचिवमा कैलास सापकोटा, कोषाध्यक्षमा उमेश घलान, र सदस्यहरुमा जितबहादुर भुजेल, सराज घिमिरे र सुजित थापा विजयी भएका छन् ।
१ सय४५ मतदाता रहेको यस क्याम्पसमा १ सय २९ मत खसेको थियो ।
यस क्यापसमा एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियू विचको तालमेल गरिएको थियो ।
समानुपातिक तर्फ अनेरास्वावियुले ९१ मत प्राप्त गर्याे भने नेविसंघले ३६ मत प्राप्त गरेको छ । समानुपातिकमा २ मत बदर भयो ।


विश्व खबर 




















