images
images
  • वर्ल्डलिङ्कको इन्टरनेट सेवाबाट जोडियो जुम्ला

    काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कको सेवा जुम्ला जिल्लामा पुगेको छ । बुधबार जुम्लामा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो सेवा औपचारिक रुपमा विस्तार गरेको हो ।

    यसअघि फाइबर विस्तारको काम सकेर सेवा थालेको कम्पनीले बुधबारबाट औपचारिक सेवा सुरु गरेको छ । कम्पनीका अनुसार जुम्लाका विभिन्न क्षेत्रमा फाइबर विस्तार गर्न १५ करोड रुपैयाँ लागत लागेको छ ।

    “जुम्लामा एफटीटीएच फाइबर पु¥याउन सफल भएकाले यो दिन महत्त्वपूर्ण छ,“ वर्ल्डलिङ्कका संस्थापक एवं प्रबन्ध निर्देशक दिलिप अग्रवालले भने, “काठमाडौंमा मानिसहरूले जुन इन्टरनेट चलाइरहेका छन् । अहिले त्यही सेवा जुम्लाबासीले प्रयोग गर्न सक्नुहुन्छ ।“

    अहिले कम्पनीको सेवा कालिकोटमा पनि विस्तार भइरहेको र बाँकी अन्य जिल्लामा पनि छिट्टै विस्तार हुने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images