images
images
  • राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष प्रेम बिसी सहित ३९१ जना एमालेमा प्रबेश

    कैलाली- राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम बिसीले एमाले प्रबेश गरेका छन् । २०६४ सालमा एमाले छोडेका बिसी १५ बर्ष पछि पुन एमालेमा फर्किएका छन् ।

    आज एक कार्यक्रममा बिच एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य गणेश ठगुन्ना लगाएतले ले स्वागत गरेका छन् ।

    एमाले फर्किएसँगै उनले देशको एक मात्र राष्ट्रियता बोकेको पार्टी एमाले मात्रै रहेको बताए । उनी सम्बोधनका क्रममा भाबुक समेत भएका थिए ।

    ‘०४८-०४९ हामीले धेरै दुख गरेर का थियौँ । राष्ट्रयताको अडानमा सबैले गर्भ गर्ने पार्टी भएको छ । अत्यन्त खुसी लागेको छ । आज म पनि आफ्नो पुरानो घरमा फर्किएको छु’ उनले भने, ‘धेरै खुसी छु । अब यो घर अझै बलियो बनाउनु छ । ’

    उनले एमालेलाई पहिलो शक्ति बनाउने गरि अभियान थाल्ने बताए । बिभिन्न समयमा एमाले छोडेकाहरू र अन्य पार्टीमा रहेकाहरूलाई पनि एमाले फर्किन उनले अपिल गरेका छन् ।
    देशै भरी राष्ट्रिय दलित मुक्ति अभियानका जोडिएका सबै एमालेमा फर्किने उनले विश्वास व्यक्त गरेका छन् ।

    राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम बिसीसँगै ३९१ जना एमाले फर्किएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images