images
images
  • गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

    पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन ।

    आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन । आज बसेको प्रदेश सभामा ५८ जना प्रदेश सांसदको सांसद उपस्थित रहेको थियो ।

    मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए, सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियावाट उनले विश्वासको मत प्राप्त गरेका हुन ।

    विश्वासको मत पाउने अधिकारी प्रदेश सरकारका पहिलो मुख्यमन्त्रीसमेत हुन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images