images
images
  • कञ्चनपुरमा बालिका गर्भवती बनाउने बुवा पक्राउ

    कञ्चनपुर । कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ ।

    यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाइएको छ ।

    “प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भने, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई बलात्कार गर्दै आएको देखिन्छ ।

    ” प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो ।

    “बुवाले नै बलात्कार गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images