images
images
  • मलेसियाबाट नेपाल आइपुग्यो विजयको शव

    भद्रपुर – भद्रपुर वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको भद्रपुर नगरपालिका- १ का विजय थापा मगर शव नेपाल आइपुगेको छ । थापा मगरको ११ दिनअघि हृदयाघातका कारण मृत्यु भएको थियो ।

    उनको शव आज शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको भद्रपुर २ का वडा सदस्य द्रोणविक्रम कोइरालाले जानकारी दिए ।

    उनको शव ल्याउन मलेसियास्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय , श्रम तथा रोजगार मन्त्रालय ,भद्रपुर १ नम्बर वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

    काठमाडौँबाट उनको शव झापा ल्याइरहेको वडा सदस्य कोइरालाले जानकारी दिए । थापा मगर दुई महिना मात्र खाडी मुलुक मलेसिया गएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images