images
images
  • दोलखामा गाउँपालिका सचिवसहित कांग्रेसको कमिटी एमालेमा समाहित

    दोलखा – दोलखा नेकपा माओवादी केन्द्रलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि दोलखामा कांग्रेस छोड्ने क्रम बढेर गएको छ । कांग्रेस प्रचण्डपथमा हिडेको भन्दै जिल्लाका अधिकांश लोकतन्त्रवादी नेता तथा कार्यकर्ताहरु धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन ।

    यही क्रममा आज नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका कमिटीका सचिव अर्जुन ओली नेकपा एमालेमा प्रवेश गरेका छन् । भने गौरीशंकर–७ साविक मार्बु गाविसको सिंगै कमिटी एमालेमा बिलय भएको छ । त्यस वडाका कांग्रेस सभापति फुरलाक्पा शेर्पाले बैठक गरेरै सम्पुर्ण कमिटी एमालेमा समाहित गरेका हुन् । यससँगै मार्बुमा नेपाली कांग्रेसका सवै कार्यकर्ता एमालेमा समाहित भएका छन् । गठबन्धनका उम्मेदवार मार्बु पुगेको दोस्रो दिन नै कांग्रेसको बैठक बसेर नेकपा एमालेमा समाहित हुने निर्णय गरेको हो ।

    बुधवार सदरमुकाम चरिकोटमा बैठक बसेर वडाका सवै पदाधिकारी तथा सदस्यहरु एमालेमा समाहित हुने निर्णय लिएपछि आज एमाले प्रवेश गरेका हुन् । गौरीशंकरमा लामो समयदेखि नेपाली कांग्रेस निर्माणमा लागेका सचिव अर्जुन ओली र वडा नं. ७ का सभापति शेर्पासहित सवै पदाधिकारी एमालेमा प्रवेश गरेसँगै सो क्षेत्रमा कांग्रेस लगभग सून्यमा पुगेको छ ।

    कांग्रेस छाडेर एमालेमा समाहित भएका नेता कार्यकर्तालाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला इञ्चार्ज केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खडका, प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, जिल्ला अध्यक्ष तथा प्रदेशसभा क का उम्मेदवार नरबहादुर श्रेष्ठसहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

    एमालेमा समाहित भएका नेताहरुले अव गौरीशंकर मात्रै नभएर आफूहरुले जिल्लाभर कांग्रेसका सवै इमान्दार तथा प्रभावशाली नेता कार्यकर्ता एमालेमा भित्र्याएर समृद्ध दोलखा निर्माणको अभियानलाई सफल पार्ने अठोट गरेका छन् ।

    dolkha1

    dolkha4

    Captudolkha3

    dolkha22

    प्रतिक्रिया दिनुहोस्
    images
    images