images
images
  • माओवादी केन्द्रबाट निर्वाचित चौताराका पूर्वमेयर तामाङ एमाले प्रवेश गर्दै

    सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको  चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गरका छन्। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप देखाउँदै तामाङले माओवादी केन्द्र परित्याग गरेका हुन्।

    माओवादी व्यक्तिवाद र स्वार्थ केन्दित भएको उनले आरोप लागाए।  पूर्वमेयर  तामाङ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए।

    पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गर्न लागेका हुन्।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङका अनुसार भोलि (६ भदौ) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना हुने उक्त कार्यक्रममार्फत तामाङलाई पार्टी प्रवेश गराउन लागिएको उनले बताए।

    तामाङ गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बन्ने चाहना राखेका थिए। तर, पार्टीले सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि तामाङ असन्तुष्ट भएका थिए।

    उनले स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराएका थिए। प्रदेशसभाको टिकट दिनेगरी तामाङलाईपार्टी केन्द्रबाटै विवाद समाधान गरिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images