images
images
  • बड्यो डेंगुका बिरामी, यस्ता छन् लक्षण र नियन्त्रण गर्ने उपाय !

    काठमाडौं- डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको डा.गोकर्ण दाहालले बताए ।

    गत वर्ष ०७८/०७९ मा ५३० केस पुष्टि भएको थियो । यस वर्ष भदौ पहिलो सातामै ११ सय भन्दा बढी डेंगुका केस भेटिएको छ । यस्तै, ०७६ मा डेंगुले प्रकोपको रुप लिँदा १० हजार ८ सय ८ केस पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो भने १६ हजार जना अस्पताल भर्ना भएका थिए ।

    डा दाहालका अनुसार अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका बिरामीको रिपोर्टिङ हुने भएकाले बिरामी बढ्न सक्छन् ।

    डेंगु ६० भन्दा धेरै जिल्लामा देखिएको छ । यो रोग तराई,पहाड,हिमाल सबै जिल्लामा पुष्टि भएको इडिसिडिले जनाएको छ । डा. दाहालका अनुसार किट्जन्य रोग पहिले तराईमा मात्रै देखिन्थ्यो । तर वातावरणीय प्रभावका कारण तराईमा देखिने किट्जन्य रोग पहाडी,हिमाली जिल्लामा पनि देखिन थालेका छन् ।

    डेंगुसँग जुध्नका लागि के गरिँदैछ ?
    सहरी तथा घना बस्तीमा डेंगुु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्’ प्रजातिका लामखुट्टेहरुको टोकाइबाट सर्छ । त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । एडिस प्रजातिका लामखुट्टे सफा पानीमा बस्न रुचाउने भएकाले विशेष गरी सहरी क्षेत्रका कर्पोरेट हाउस,ठूला होटलमा राखिने फुलदानीमा डेंगु हुने लामखुट्टे बस्ने हुँदा सावधानी अपनाउन डा.दाहालको आग्रह छ ।

    यस्तै,दैनिक प्रयोगका लागि खुल्ला रुपमा राखिएको पानी जस्तै नुहाउन,भाँडा माझ्न आदिका लागि जम्मा गरेर राखिएको पानीमा यो लामखुट्टे बस्ने गर्छ । त्यसैले भाँडामा राखिएका सफा पानी परिवर्तन गरिरहन उनको आग्रह छ ।

    यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले होटल एसोसिएसनलाई छलफलमा बोलाएर डेंगु सार्ने लामखट्टे बढ्न नदिनका लागि सजगता अपनाउने विषयमा छलफल गरिएको पनि डा. दाहालले बताए ।

    डेंगु भएमा अचानक पेट दुख्ने,तारन्तार बान्ता हुने,आलस्य हुने,अचानक रक्तश्राव हुने,गिंजा,नाक आदिबाट रगत बन्ने,कजेलो सुनिने र प्रयोगशालामा परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटाकृत उकालो लाग्ने गरेको हुन्छ ।

    डा. दाहालका अनुहार डेंगुका केस अस्पतालमा उपचार गराउन आएकाहरुबाट रिर्पोटिङ भएको केस हुन् । डेंगु भएका सबैलाई लक्षण नदेखिने भएकाले सावधानी अपनाउन अति आवश्यक भएको उनको भनाइ छ ।

    डेंगु रोगका लक्षणः

    –एक्कासी ज्वरो आउने,

    –टाउको,मांसपेशी तथा जोर्नी दुख्ने

    –थकान महसुन हुने

    –वाकवाकी लाग्ने वा बान्ता हुने

    –आफ्नो दैनिकी,खानपानमा रुचि नलाग्ने

    लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रण गर्ने उपाय

    –पुरा बाहुला भएका लुगा लगाउने

    –झुलभित्र मात्र सुत्ने

    –घरको झ्याल,ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

    –घर,कार्यालय,विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

    –खाल्डाखुल्डी पर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

    –गमलाको प्लेट,फुलदानी,कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने

    –पानी जम्मा गर्ने भाँडा लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images