काठमाडौं- अभियन्ता सुमन सायमीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।उनले मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
उनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।काठमाडौंको नेवा भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा आन्दोलन गर्दै आएका सायमि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन्।
उनी गत ३० बैशाखमा सम्पन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सायमीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।
आँखीझ्याल (तिकिझ्याः) चिह्न लिएर उठेका उनी १३ हजार ७ सय ७० मत ल्याएर पराजित भएका थिए। सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चका अध्यक्ष पनि हुन्।





















