
काठमाडौं- बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं– १० बस्ने ३९ वर्षीय निरज बुढाथोकी हुन् ।
उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रतिवादी बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैँकको चेक दिएका थिए ।
फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौँमा पेस गरिने प्रहरी ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताए।
प्रतिक्रिया दिनुहोस्