
काठमाडौं- आज देशभर सामान्यदेखि आंशिक बदली रहने भएको छ । प्रदेश १ र वाग्मती प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हाल मौसम प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बदली रहने छ ।
त्यस्तै बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।
तीन दिनको मौसम पूर्वानुमान
बुधबार दिउँसो : प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
बिहीबार दिउँसो : लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
शुक्रबार दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आगामी २४ घण्टा प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको छ ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्