images
images
  • शारीरिक अस्वस्थता भएपछि अष्ट्रेलिया बसाइ छाेट्याएर पूर्वयुवराज्ञी हिमानी नेपाल फर्किईन्

    सिड्नी- शारीरिक रुपमा अस्वस्थता भएपछि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह नेपाल फर्किएकी छिन् ।

    हिमानी कोश अष्ट्रेलियाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन् अगष्ट ९ तारिख बेलुकी सिड्नी आईपुगेकी उनी सोमबार बिहान ११ बजे पूर्व निर्धारित समय भन्दा अगाडी नै सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएकी हुन् ।

    उनलाई (सिभीएर टन्सिलाईटिस) अर्थात घाँटीको समस्या भएपछि नेपाल फर्किएको हिमानी कोश अष्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत कार्कीले बताईन् ।

    निर्धारित कार्यक्रम अनुसार ३ वटा औपचारिक कार्यक्रम सकेर अनौपचारिक तथा भेटघाट कार्यक्रम गर्ने कार्यतालिका तय गरिएपनि पूर्व युवराज्ञी हिमानी ३ वटा कार्यक्रममा सहभागी भएपश्चात नेपाल फर्किएकी हुन् ।

    शारिरिक अस्वस्थता भएपछि पूर्व युवराज्ञी हिमानी नेपाल फर्किएको र यसपश्चात उनको समयतालिका अनुसार ट्रष्टले आयोजना गर्ने भनिएका अन्य कार्यक्रम समेत स्थगित गरिएको कार्कीको भनाई छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images