images
images
  • ‘डकैत समूह’ मा पूर्व सैनिक-लडाकु ! २९ तोला सुन लुटपाट

    काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे । ‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख ५० हजार नगद लुटेर फरार भए । सो लुटमा संलग्न मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३८ वर्षका राम सिंह तामाङ र मकवानपुर घर भएका ३८ वर्षीय दिल बहादुर सिङतानलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

    चन्द्रागिरि नगरपालिका–३ घर भएका रोशन तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । लुटमा संलग्न ३ जना अझै फरार छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको मध्येका मेलम्ची नगरपालिका–७ तालामाराङका राम सिंह तामाङ पूर्व सैनिक हुन् । उनी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १० वर्ष जेल बसेर छुटेका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनी २०६४ देखी २०७४ सम्म जेल बसेको देखिन्छ ।

    कीर्तिपुर लुटमा संलग्न अर्का आरोपी मकवानपुरका दिल बहादुर सिङतान पूर्व लडाकु हुन् । जनयुद्धमा सहभागी सिङतान जोरपाटीमा बस्छन् । जनयुद्धपछि डाँका गर्न थालेका सिङतान खुन डाँका मुद्दामा ९ वर्ष जेल बसेर निस्केका हुन् । ललितपुरको झरुवारासीमा श्रवण खड्कालाई हत्या गरेर लुटेका मुद्दामा उनी जेल परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images