images
images
  • उपत्यकामा एकै दिन २ हजार ६५६ जना सवारी चालकमाथि कारबाही

    काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ६५६ जना सवारी चालकलाई कारबाही गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा सोमबार उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३५, लेन अनुशासन पालना नगर्ने ७८, रेड लाइटमा सवारी साधन चलाउने र नम्बर प्लेट राम्रोसँग नराख्ने २३ जना सवारी चालक रहेका छन् ।

    यस्तै, २ हजार ३५४ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images