images
images
  • वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको उद्यमशील विकास गरिने

    काठमाडौं- वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकले आर्जन गरेको पूूँजी, शीप र प्रविधि स्वदेशमा कसरी प्रयोग गर्न सकिँन्छ भन्ने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको छ । वैदेशिक रोजगारमा निर्भरता कम गर्न विभिन्न सामाजिक संघसंस्था पैरबीपछि नेपालमा पनि वैदेशिक रोजगारबाट फर्कने श्रमिकको पूर्ण एकृकरणको कार्यक्रम सुरु हुन लागेको हो ।

    वैदेशिक रोजगारबाट फर्किएका श्रमिक तथा सरकारवालाहरुले सबैलाई समेट्ने गरी कार्यक्रम ल्याउन सुुझाएका छन् ।

    वैदेशिक रोजगारमा लाभ लिन नसकेका र फेरी जान नचाहेकाहरुलाई स्वदेशमैँ टिकाउँनको लागि संसारभरी पूर्ण एकृकरणको कार्यक्रम सञ्चालन भइरहेको छ । त्यस्ता युुवालाई सरकारले स्वदेशमैँ काम गर्ने बिउँ पूँजी, सस्तो बैंकबाट ऋण र प्रबिधिक सहयोग उपलब्ध गराउँछ ।

    वैदेशिक रोजगारबाट फर्किएका धेरै भन्दा धेरै युुवालाई पालिका र प्रदेशसँग सम्मोनय गरी कार्यक्रम सञ्चालन गरिने श्रम मन्त्रालयको सचिव एकनारायण अर्यालको भनाइ छ । ”नेपाल सरकार तथा वैदेशिक रोजगार बोर्डले पनि उद्यमशील हुने मान्छेलाई हामी कम व्याजमा ऋीण उपलब्ध गछौँ”, उनले भने, ”वैदेशिक रोजगारबाट फर्किएका नेपालीले प्रेरित भएर आफ्नो उद्यमशील विकास गरोस् भन्ने यो कार्यक्रमको उद्देश्य हो” ।

    सरकारले स्वदेशमै करिब आधा खर्ब बढी युवासँगको सम्बन्धित कार्यक्रम सञ्चालन गरेपनि त्यसको प्रतिफल देखिएको छैन् । पछिल्लो १२ महिनामा करिब साढे ६ लाख युवा वैदेशिक रोजगारमा गएका छन् । स्वदेशमा उद्यम गर्ने सोच भएका युवा पनि पलायन भएको अवस्थामा स्वादेशमै राख्ने कार्यक्रमको खाचो दिनदिनै बड्दै गएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images