images
images
  • आज स्थानमा छ वर्षाको सम्भावना

    काठमाडौं- आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images