images
images
  • यस्तो छ आइतबारसम्मको मौसम, कहाँ कहाँ हुदैछ बर्षा

    काठमाडौं- आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ ।

    दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ ।

    शनिबार प्रदेश १ र बागमतीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images