काठमाडौं- आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ ।
आज बिहान प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा वर्षा हुनसक्ने सम्भावना रहेको छ । शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भूभागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।


विश्व खबर 


















