images
images
  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सब इन्जिनीयरबिरुद्ध मुद्दा

    काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन नं २ ओखलढुङ्गामा कार्यरत सब इन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताका नक्कली प्रमाणपत्रहरू पेस गरेर सरकारी पदमा बसेर लाभ र सुविधा लिएको भन्दै आरोप पत्र दायर गरेको छ।

    अख्तियारले भ्रष्टाचार ऐन २०५१ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको ठहर गर्दै त्यही ऐन अनुसार कैद सजाय र जरिवाना मागदावीसहित आरोप पत्र दायर गरेको हो।

    यादवले सुनसरी टेक्निकल कलेज धरानबाट उत्तीर्ण गरेको भन्दै डिप्लोमा इन सिभिल इन्जिनियरिङका नक्कली प्रमाणपत्रहरू लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सस्क्रिप्ट नक्कली बनाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन २ ओखलढुङ्गामा पेस गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म बहाल रहेको लाभ र सुविधा लिएको खुलेपछि अख्तियारले आरोप पत्र दायर गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images