images
images
  • पछिल्लो दुई वर्षयता नेपालमाथिको वैदेशिक हस्तक्षेप सुघौली सन्धीयताकै सबैभन्दा बढी: लिङ्देल

    काठमाडौं-राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देलले सुगौली सन्धीपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलो पटक नेपालको परराष्ट्र नीति कमजोर भएको बताएका छ ।

    नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको नेपालको भू–राजनीतिक अवस्था स्चुनौती र अबको बाटो बारे छलफलमा उनले दुई देशबीचको सम्बन्ध गोलबारुदबाट मात्रै टाढा हुने होइन उनीहरुसँगको व्यवहार, सत्ताका लागि जे पनि विषयमा सम्झौता गर्दा हस्तक्षेप हुने गरेको बताए ।

    जबसम्म राष्ट्रहित र राष्ट्रिय स्वार्थमा नेताहरु रहन्छन् त्यसपछि हस्तक्षेप नहुने उनको भनाइ छ ।

    सहायतको नाममा विकासको नाममा साँस्कृतित क्षेत्रमा जुन प्रकारको हस्तक्षेप भइरहेको त्यसविरुद्ध सबै राजनीतिक दलका नेता एकै ठाउँमा उभिनुपर्ने उनले बताए ।

    उनले राष्ट्रनिर्माता पृथ्वी ारायण शाहको दिव्य उपदेश अनुसार गए कसैले पनि हस्तक्षेप गर्न सक्दैन ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images