images
images
  • यस्तो छ आज मन्त्रिपरिषद् बैठकले गरेको निर्णय

    काठमाडौं- मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकबाट विभिन्न निर्णयहरू गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट यी निर्णयहरू गरिएको हो ।

    यी हुन् आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय–
    १. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने ।
    २. पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने ।
    ३. विश्वव्यापी व्यापारका लागि सहायता पुनरवलोकन कार्यक्रममा नेपाल सहभागी हुने ।
    ४. नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने ।
    ५. पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने ।
    ६. नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।
    ७. नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने ।
    ८. नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने ।
    ९. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ।
    १०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने ।
    ११. सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिनाका लागि थप्ने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images