धनगढी- नेपाल भारत सिमा नाका गौरिफन्टाबाट एक कोरोना संक्रमित महिलाको उद्धार गरिएको छ । भारतको मुम्बईमा एक महिना अगाडी छतबाट खसेर श्रीमान गुमाएकी कैलालीको लम्कीचुहा नगरपालिका–५ कि २० बर्षीया महिलाको भारतबाट फर्किदै गर्दा बागेश्वरी असल शासन क्लब (बास) ले उद्धार गरेको हो ।
आर्थिक अवस्था निकै कमजोर भएकी ति महिला आफ्न्तको सहयोगमा गौरिफन्टासम्म पुगेकी थिईन । सिमा नाकामा कोरोना परिक्षण गर्दा पोजेटीभ देखाएपछि उनि ५ महिने बालक समित समस्यामा परेकी थिइन् । आर्थिक अभावले घर जान नसक्ने अवस्थामा रहेको सिमा स्वास्थ्य चौकी इन्चार्ज गणेश बहादुर साउँदले जानकारी दिए ।
घर जानसक्ने अवस्था नभएपछि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गाडी रिर्जभ गरेर होम आइसोलेशनका लागि घर सम्म जाने ब्यवस्था गरिएको बास कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराले बताए। गाडी भाडासँगै उनलाई बालकको लत्ता कपडाका लागि नगद सहयोग समेत गरिएको कैलाली जिल्लामा कार्यरत बासका सामाजिक परिचालक तेज बोहराले बताए ।
उनलाई घर पठाएसँगै आइसोलेशनमा बस्न सम्बन्धित स्थानिय पालिकासंग समन्वय गरेको बोहराले बताए । बासले युनिसेफ नेपालको सहयोगमा ५ महिने बालक सहित ति महिलाको उद्धार गरेको हो ।
बासले युनिसेफ नेपालको सहयोग तथा धनगढी उपमहानगरपालिकाको सहकार्यमा धनगढी उपमहानगरपालिकालाई कोभिड १९ पुर्ण खोप युक्त पालिका तथा ओमिक्रोन संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अनिवार्य मास्क अभियान लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


विश्व खबर 



















