images
images
  • कैलालीमा पूर्वपश्चिम राजमार्ग ८ घण्टादेखि अवरुद्ध

    धनगढी- दुर्घटनाको विषयलाई लिएर कैलालीमा आठ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

    सोमबार बिहान गोदावरी नगरपालिका– ८ को स्याउले चोकमा भैरवाहबाट आइरहेको ना ६ ख ५३६६ नम्बरको ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि राजमार्ग बिहानैदेखि अवरुद्ध गरिएको छ ।

    सुदूरश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा ट्रकको ठक्करबाट पैदल यात्री सोही ठाउँका १९ वर्षीय नरेश देउवाको मृत्यु भएको जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

    राजमार्ग बन्दका कारण विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुलाई समस्या भएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएपनि आफन्त र स्थानीयले दोषीलाई कानून बमोजिम सजाय र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images