images
images
  • कञ्चनपुर २ बाट एमाले महाधिवेशन प्रतिनिधिको टुंगो, ६ जनाभित्र को-को परे ? (नामसहित)

    कञ्चनपुर- नेकपा (एमाले) कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिको टुंगो लगाएको छ । प्रतिनिधिका उम्मेदवारले नाम टुंगो लगाउने जिम्मा पार्टी नेतृत्वलाई दिएकोमा लामो छलफलपछि टुंगो लागेको छ ।

    महाधिवेशन प्रतिनिधिमा सांसद नरबहादुर धामी, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष वचनबहादुर सिंह, बेदकोट नगरपालिका मेयर अशोक चन्द र जिल्ला उपसचिव रणबहादुर महराको नाम टुंगो लागेको छ ।

    महिलातर्फ जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा र चाँदनी धामीको नाम टुंगो लागेको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिनिधि खुलातर्फ नरबहादुर धामी, वचनबहादुर सिंह, अशोककुमार चन्द, कृपाराम राना, टेकबहादुर हमाल, रणबहादुर महरा, जयराज पाण्डेय, रामसिंह धामी, विष्णुदत्त जोशी, मोहन रावल, हिक्मतबहादुर सिंह, लोकेन्द्र विष्ट, रमेश भट्टले उम्मेदवारी दिएका थिए ।

    यसअघि कञ्चनपुर ३ मा सहमतिबाट र कञ्चनपुर १ मा चुनावबाट प्रतिनिधि चयन भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images