images
images
  • प्रधानन्यायाधीशको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

    धनगढी – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसियसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ ।

    बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् । बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको बारका अध्यक्ष शिद्धराज ओझाले बताए । राजनीतिक भाग मागेर प्रधान न्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाउन खोजेपछि उनको राजीनामा माग गरेको ओझाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images