काठमाडौं । प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा दलहरुले आन्तरिक छलफल तीव्र बनाएका छन् ।
यसै क्रममा जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर- राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सुरु भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न सांसदहरूलाई आह्वान गरेपछि ठाकुर पक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेको हो ।
बैठक संसदीय दलका नेता महतोका अध्यक्षतामा बस्न लागेको हो । जसपाकै उपेन्द्र यादव–बाबुराम भट्टराईं पक्षले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।
जसापको ठाकुर पक्ष ओलीलाई सर्मथन गर्ने पक्षमा उभिएको देखिन्छ भने बाबुराम-उपेन्द्र याद पक्ष विपक्षी गठबन्धनमा छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्