images
images
  • धनगढीमा असई र प्रहरी जवानको हत्या प्रकरणः ९ जनालाई जन्मकैदको फैसला

    धनगढी-धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

    धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश पनेरूले जानकारी दिए।

    उनका अनुसार राजिव गुप्ताले भने सफाई पाएका छन्। उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images