images
images
  • पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित : प्रभु साह


    , काठमाडौं। नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेका नेता प्रभु साहले गैर सांसदलाई मन्त्री पदबाट पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित र त्रुटिपूर्ण भएको बताएको छ ।

    बुधबार सर्वोच्च अदालतले माओवादीबाट एमालेमा प्रवेश गरेका सातजना गैर सांसदलाई पदमुक्त गर्ने आदेश सुनाएको थियो । यो आदेशसँगै साह पनि सहरी विकास मन्त्रीबाट पदमुक्त भएका छन् ।

    एमाले नेता साहले प्रतिक्रिया दिँदै सर्वोच्चको आदेश अप्रत्यासित भएको बताए । जिम्मेवारपूर्ण ढंगले आदेश नआएको उनले बताए । ‘म जनताबाट निर्वाचित सांसद हुँ । ६ महिनापछि उपचुनावबाट फेरि चुनिएर आउने हाम्रो हकलाई ख्याल गरिएन’ साहले भने, ‘त्यसैले यो आदेश त्रुटिपूर्ण छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images