images
images
  • केजी अस्पतालमा ४ महिने शिशुको मृत्यु, छानविनको माग

    धनगढी – धनगढीस्थित केजी अस्पतालमा ४ महिने शिशुको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण शिशुको ज्यान गएको भन्दै छानविनको माग गरेका छन् ।

    डोटीको दिपायल सिलगढी नगरपालिका–७ का विष्णु विक तथा मातादेवी विकको ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान केजीमा मृत्यु भएको जनाइएको छ । मृतक शिशुका आफन्तले स्वास्थ्यकर्मीको लापरवाहीका कारण बच्चाको ज्यान भएको भन्दै छानविनको माग गरेका हुन् ।

    बालकको टाउकोमा घाउ रहेको र रेफर गर भन्दा नमानेको मृतकका काका शंकर विकले बताए । उपचारमा संलग्न स्वास्थ्यकर्मीले बालकको खुट्टाबाट सिरिञ्जमार्फत औषधि दिने बताए पनि टाउकोमा घाउ हुनु शंकास्पद रहेको उनले बताए । केजीमा उपचार सम्भव नभए अन्तै लैजान्छौ भन्दा पनि अस्पतालले ६ दिनसम्म ठिक भइहाल्छ भन्दै बालकलाई मारेको उनको आरोप छ ।

    शिशुको डोटीस्थित महाकाली मेडिकलमा प्राथमिक उपचार गरिएकोमा त्यहाँ उपचार सम्भव नभएको भन्दै धनगढी ल्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images