images
images
  • भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद

    धनगढी – माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका २ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन् ।

    बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएकोमा कुलवीर चौधरी केही समयपछि सम्पर्कमा आएका हुन् । उनी निर्वाचन कार्यालय पुगिसकेका छन् । अन्य दुई सांसदको खोजी भइरहेको समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले बताए ।

    नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेका छन् । माधव नेपाल छाडेर एमालेमा फर्किएपछि रावल पहिलोपटक सुदूरपश्चिम प्रदेश राजधानी धनगढी आइपुगेका छन् । धनगढीमा माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) ले एमालेका प्रदेश सांसद आफ्नो पक्षमा सनाखत गराउन लाग्दा गरमागरम राजनीतिकाबीच रावल धनगढी आइपुगेका हुन् ।

    रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका दुई जना प्रदेश सांसद सम्पर्कविहीन भए । तीन जना सम्पर्कविहीन भएकोमा १ जना भने सम्पर्कमा आए । सम्पर्कमा आउने कुलवीर चौधरी हुन् । उनले निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरिसकेका छन् ।

    प्रदेश सांसदहरु तारा लामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । उनीहरु निर्वाचन कार्यालय जाँदै गर्दा आधा बाटोबाटै हराएका हुन् । उनीहरु हराउनु र भीम रावल धनगढी ओर्लिनु एकै समय थियो । समाजवादीका नेताहरुले रावलसँगको सम्पर्कपछि उनीहरु हराएको आशंका गरेका छन् ।

    समाजवादीले आज १३ जनाले सनाखत गर्ने तयारी गरेको थियो । तर १० जनाले मात्रै सनाखत गरे । समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले भोलि १४ सांसद पुग्ने दाबी गरेकी छन् । उनले दुईजना सा‌ंसदकाे कागजात नपुगेको दाबी गरेकी छन् ।

    दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images