images
images
  • इरान समर्थित हुथी विद्रोहीलाई साउदी, पाकिस्तान र टर्कीद्वारा चेतावनी

    काठमाडौं– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्का (साउदी, पाकिस्तानर टर्की) लाई लक्षित गरेको आरोप लगाउँदै साउदी नेतृत्वको गठबन्धनले पवित्रस्थलको सुरक्षालाई ‘रेड लाइन’ भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    हुथीहरूले भने मक्कातर्फ ड्रोन पठाएको साउदी दाबीलाई ‘झूट’ भन्दै अस्वीकार गरेका छन् ।

    गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले एक्समार्फत सार्वजनिक गर्नुभएको विज्ञप्तिमा दुई पवित्र मस्जिद र तीर्थयात्रीको सुरक्षा ‘रेड लाइन’ भएको उल्लेख गर्दै हुथीविरुद्ध आवश्यक तथा निवारक कदम चाल्न नहिचकिचाउने बताएका छन् ।

    इस्लामिक सहयोग सङ्गठनले पनि घटनाको निन्दा गरेको छ ।

    इरान समर्थित हुथी र साउदी समर्थित यमनी सरकारबीच जुलाईदेखि पुनः चर्किएको द्वन्द्वले क्षेत्रीय तनाव बढाएको छ ।

    हुथीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्नुका साथै लाल सागरमा साउदी जहाजलाई लक्षित गर्ने बताएका छन् ।

    गत साता उनीहरूले यमनको लाल सागर तट र बाब अल–मन्डब जलघाँटीमा आफ्नो नियन्त्रण विस्तार गरेको बताइएको छ ।

    हुथी पोलिटब्युरोका हाजेम अल–असदले मक्कालाई लक्षित गरेको साउदी दाबी अस्वीकार गर्दै यस्तो आरोप पहिले पनि लगाइएको र अहिले पनि त्यो ‘झूट’ भएको बताए ।

    साउदी अरेबियाले भने मङ्गलबार मक्का र यमनसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा सम्भावित आक्रमणबारे चेतावनी जारी गरेको थियो ।

    यमनबाट भएका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा साउदीको दक्षिणी क्षेत्रमा १३ जना घाइते भएका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सेप्टेम्बरयता यमनको द्वन्द्वका कारण करिब ८२ हजार मानिस विस्थापित भएका छन् ।

    यमनका स्थायी प्रतिनिधि अब्दुल्लाह अल–सादीले हुथीविरुद्ध अन्तर्राष्ट्रिय कारबाहीको आग्रह गरे ।

    यसैबीच, लाल सागरमा हुथी आक्रमण बढेपछि साउदी युवराज मोहम्मद बिन सलमान र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले बाब अल–मन्डब र हर्मुज हुँदै समुद्री आवागमनको स्वतन्त्रता तथा सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् ।

    कतारले बाब अल–मन्डब बन्द भए त्यसको परिणाम विश्वका लागि गम्भीर हुने चेतावनी दिएको छ ।

    हुथीहरूले साउदी तेल पूर्वाधारलाई समेत लक्षित गर्दै आएका छन् ।

    साउदी गठबन्धनले राज्यको सार्वभौमिकताको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने जनाएको छ ।

    हुथी सेनाका प्रवक्ता याह्या सारीले पछिल्लो २४ घण्टामा साउदीले यमनमा ५२ हवाई आक्रमण गरेको र विद्यालय तथा पुललगायत नागरिक संरचना लक्षित गरेको आरोप लगाए ।

    यसैबीच, अमेरिकी सैन्य कार्यदलले साउदी सेनालाई गुप्तचर सूचना र सैन्य योजना निर्माणमा सहयोग बढाइरहेको एक अमेरिकी अधिकारीले एएफपीलाई बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images