images
images
  • भक्तपुरका सुरक्षा निकायलाई विपद् उद्धारका सामग्री हस्तान्तरण

    काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपद्का बेला खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुखलाई सेफ्टी बेल्ट, फायर बल, विद्युतीय कटर, आल्मुनियम भ¥याङ, पेट्रोल कटर, मेघाफोन, फोल्डिङ स्ट्रेचर, बन्चरो र सर्च लाइटलगायत सामग्री हस्तान्तरण गरेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार गृह मन्त्रालयबाट प्राप्त नौ लाख रुपैयाँबाट उक्त उद्धार सामग्री खरिद गरिएको हो ।

    विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले सुरक्षा निकायलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राख्नुपर्ने उनले बताए ।

    हस्तान्तरण गरिएका सामग्रीको उचित संरक्षण र प्रभावकारी प्रयोग गर्दै विपद्का समयमा छिटो तथा सुरक्षित रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न उनले सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे ।

    भक्तपुरमा बाढी, डुबान, पहिरो तथा संरचना भत्किनेलगायतका विपद्को जोखिम रहेकाले आवश्यक उद्धार सामग्रीको उपलब्धताले सम्भावित विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले स्थानीय तह तथा सुरक्षा निकायसँगको समन्वयमा विपद् पूर्वतयारी, खोज तथा उद्धार र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images