काठमाडौं- भारतले नेपालको रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा ३२० भारतीय नागरिक बेपत्ता भएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार ८४ भारतीय नागरिकको उद्धार भइसकेको छ भने १४९ जना चीनबाट सुरक्षित नेपाल पुगेका छन् ।
साथै, करिब ४०० भारतीय नागरिक चीनमा सुरक्षित रहेको र उनीहरूलाई नेपाल ल्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
भारतले उद्धार तथा खोजी कार्यका लागि नेपालसँग समन्वय गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्





















