images
images
  • अतिरिक्त ग्यास सञ्चय नगर्न एपली ग्यास उद्योग सङ्घको आग्रह

    काठमाडौं– नेपाल एपली ग्यास उद्योग सङ्घले ग्यासको आयात लगातार बढिरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ ।

    सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आइतबार जारी गरेको विज्ञप्तिमा भारतबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र उद्योगबाट नियमित रूपमा सिलिण्डर भरेर बजारमा पठाइरहेको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने र आगामी दिनमा पनि आपूर्तिमा समस्या नहुने जनाइएको छ ।

    नेपाल आयल निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशत बढी हो। चालु साउन महिनामा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ ।

    सङ्घले घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री वितरण गर्न बिक्रेतालाई समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images