काठमाडौं– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागिएको करिब ५७ हजार रुपैयाँ बराबरको सामानसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका–१ खल्लाबाट तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार बेलौरी नगरपालिका–२ बैजुडाँडामा बेवारिसे अवस्थामा फालिएको करिब २५ हजार रुपैयाँ बराबरका पेय पदार्थ, बिडी र बोइलर कुखुरा पनि बरामद गरिएको छ।
यसैबीच, प्रहरीले जुवाखालमा छापा मारेर आठ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५५ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्





















