काठमाडौं– वाइवाइसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको निरीक्षण तथा प्रयोगशाला परीक्षणमा ती उत्पादनहरू न्यून गुणस्तरका पाइएका हुन् ।
विभागका अनुसार गोलमोल, वाईवाई, प्रिमियम पिरो र मामा चाउचाउका निश्चित ब्याचका उत्पादनहरूमा मापदण्डअनुसार गुणस्तर नदेखिएको हो ।
यी चाउचाउ सिजि फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी–३, बर्दियाद्वारा उत्पादित हुन् ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत भेटिएका कारण सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्





















