images
images
  • एमालेले बनायो गाउँपालिका अध्यक्षदेखि नगरपालिकाको मेयरमा पराजितलाई उम्मेदवार

    पोखरा– स्थानीय निर्वाचन २०७९ मा गोरखा २ बाट भारी मतले विजयी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक भने रुकुमपूर्वबाट चुनाव लड्ने तयारीमा छन् ।

    उनले लडेको गोरखा २ मा एमालेले ‘चक्रे’ भनेर चिनिने मिलन गुरुङलाई उमेदवार बनाएको छ ।

    एमालेको शनिबार साँझको निर्णयअनुसार गोरखा १ मा आरसी लामिछाने र गोरखा २ मा मिलन गुरुङ उमेदवार बनेका छन् ।

    गण्डकीमा एमालेका ‘हेभीवेट’ नेता उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ भने लमजुङबाटै फेरि चुनाव लड्दै छन् ।

    पर्वतमा पदम गिरी तेस्रोपटक मैदान उत्रिएका छन् भने कास्कीका तीन क्षेत्रमा बैनबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी उमेदवार बनेका छन् ।

    कास्कीमा कृष्ण थापालाई टिकट दिइएको विषयमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

    तनहुँ १ मा भगवती न्यौपाने, तनहुँ २ मा केदार सिग्देल उमेदवार छन् ।

    स्याङ्जा २ मा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र स्याङ्जा १ मा मीनप्रसाद गुरुङलाई टिकट दिइएको छ ।

    मुस्ताङमा इन्द्रधारा विष्ट, मनाङमा पोल्देन सोताङ गुरुङ, बागलुङ १ मा हीरा केसी, २ मा मञ्जु शर्मा चालिसे, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ उमेदवार बनेका छन् ।

    नवलपुर १ मा भागीरथ सापकोटा र २ मा तिलबहादुर महत क्षेत्रीलाई एमालेले अघि सारेको छ ।

    यीमध्ये अधिकांश गाउँपालिका र नगरपालिकामा पराजित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images