धनगढी – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।
शैल्यशिखर नगरपालिका – ६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (औएसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए । मृतकको सनाखत हुन बाँकी छ ।
उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ ।
प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो ।
जिप सडकबाट करीब १०० मिटर तल खसेको छ ।
दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्