राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेता रवीन्द्र मिश्रले राप्रपा नबुझेको टिप्पणी गरेका छन । प्रकाशचन्द्र लोहनी र उपाध्यक्ष मिश्रसहित रहेको निर्देशन समितिले कोशी प्रदेशको सभामुखबाट राप्रपा फिर्ता हुनुपर्ने निर्देशन जारी गरेपछि यो विषयमा राप्रपाभित्र मतभेद देखिँदै आएको छ ।
यही विषयमा सोधिएको प्रश्नमा अध्यक्ष लिङ्देनले मिश्रले राप्रपा नै नबुझेको प्रतिक्रिया दिएका छन ।
पत्रकारको प्रश्नमा राजेन्द्र लिङ्देल भन्छन् – उहाँ हिजोअस्ती आउनुभएको । उहाँले राप्रपा के बुझ्नु भएको छ?,’ पत्रकार राजु थापासँग एभिन्युज टेलिभिजनको सिधा प्रश्नमा अन्तर्वार्ता दिँदै लिङ्देनले, राप्रपा बुझ्नै बाँकी छ,भर्खर आउनुभएको छ । भनेर कुरा टारेका छन ।
कोशी प्रदेशमा गत पुस २४ गते राप्रपाका तत्कालीन सांसद अम्बरबहादुर विष्ट सभामुख निर्वाचित भएका थिए । सभामुख निर्वाचन प्रक्रिया चलिरहँदा लोहनी नेतृत्वको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेका थिए । तर लोहनी नेतृत्वको निर्देशन समितिले दिएको निर्देशनबारे राप्रपाले पार्टीमा अहिलेसम्म औपचारिक छलफल गरेको छैन । नेताहरूले सञ्चार माध्यममार्फत् यो विषयमा छलफल हुनुपर्ने र हुन नसक्ने धारणा सार्वजनिक गरिरहेका छन ।
निर्देशन समितिको निर्देशनका विषयमा पार्टीमा छलफल नहुने अध्यक्ष लिङ्देन बताउँछन । ‘निर्देशन समिति अध्यक्ष त मैले चिठी दिएर बनाएको । निर्देशन समितिको अध्यक्ष महाधिवेशनले बनाएको अध्यक्षभन्दा माथि हुन्छ? निर्देशन दिने?,’ उनले प्रश्न गरे, ‘मैले अर्को टेलिभिजनमा पनि भनिसकेको छु, प्रष्ट विधानले लेखेको छ निर्देशन समिति सल्लाहकारका रूपमा रहने हो। सरकारमा जाने र राजनीतिक नियुक्तिहरूमा सुझाव दिने निकाय हो त्यो।’
सरकारमा जाने कि नजाने भनेर केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा निर्देशन समितिसँग सुझाव लिन सक्ने उनी बताउँछन्। ‘केन्द्रीय कार्यसमितिले निर्देशन समितिसँग सुझाव माग्यो भने बैठक बसेर सुझाव दिने निकाय हो त्यो निर्देशन दिने निकाय होइन,’ उनले भने, ‘नाम निर्देशन समिति भने पनि त्यो सुझाव दिने निकाय हो, विधानमा प्रष्ट छ।’राप्रपाले लिने नीतिबारे जहिले पनि सुझाव दिन सकिने उनी बताउँछन ।
‘प्रदेश सभाको सभामुखमा बस्नु उपयुक्त हुन्छ कि फिर्ता हुनु उपयुक्त हुन्छ छलफलको विषय हो। यसमा कुनै आपत्ति छैन,’ उनले भने, ‘तर जुन हिसावले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिका नाममा निर्देशन जारी गरिएको छ, फेसबुक र पत्रिकाबाट। त्यो कुरा राप्रपा अध्यक्षले मान्दैन। राजेन्द्र लिङ्देन व्यक्तिले डा। लोहनीलाई मान्न सक्छ तर राप्रपाको अध्यक्षले मान्दैन म आज पनि दोर्होयाएर भन्छु।’लोहनीले जारी गरेको निर्देशन राप्रपामा छलफल नै नहुने लिङ्देनले बताए ।
‘संस्थाले मान्दैन। त्यो विषय छलफलको विषय नै हुँदैन। त्यो नजिरको कुरा हो। त्यो अध्यक्षले छलफलमै लैजाँदैन। निर्देशन मान्नुपर्ने कुनै व्यवस्था छैन,’ उनले भने, ‘उहाँहरूले गल्ती महसुस गर्नुपर्छ। सच्याउनुपर्छ। मिश्रजीले पनि त्यो कुरा ठिक भनेर भन्नुभएको छ भने सच्याउनुर्पयो।’लोहनीले पार्टीभित्र गुट बनाउने र अलगै शक्तिको अभ्यास गर्न खोजेको भन्दै लिङ्देन पक्ष असन्तुष्ट छ। अधिकार क्षेत्रभन्दा बाहिर गएर लोहनीले निर्देशन दिएको आरोप छ ।
लिङ्देनले यसअघि योहो टेलिभिजनको सत्य संवादुमा पनि अन्तर्वार्ता दिँदै लोहनीले जारी गरेको निर्देशन पार्टीले मान्न नसक्ने बताएका थिए।
‘जुन ढंगले पार्टीमा अलग शक्ति केन्द्र बनाउने हिसावले निर्देशन दिने कुरा भएको छ, त्यो राप्रपामा स्वीकार्य हुँदैन, लिङ्देनले भनेका छन्, ुत्यो निर्देशन अधिकार क्षेत्रभन्दा बाहिर गएर दिइएको छ। अध्यक्ष स्वदेश फर्कनुअघि दिइएको छ।’
कोशीमा सभामुख चयन भइरहँदा लिङ्देन मलेसियाबाट स्वदेश फर्कंदै थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेको अवस्थामा लोहनीले कोशी सभामुखबाट उम्मेदवारी फिर्ता लिनुपर्ने निर्देशन कोशी समितिमा पठाएका थिए। लोहनीले पठाएको निर्देशनलाई लिङ्देनले अनधिकृत भनेका छन ।
अध्यक्ष स्वदेश फर्कने दिन कू गरे जसरी निर्देशन दिइयो, त्यो हावादारी निर्देशन स्वीकार्य छैन,ु उनले भने, ‘राप्रपामा विगतदेखि हुर्केको विकृतिको यो सानो अंश हो, साथीहरूलाई सच्चिन आग्रह गर्दछु ।
राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले हिमालय टेलिभिजनमा पत्रकार राजेन्द्र बानियाँसँगको यक्ष प्रश्नुमा पार्टीभित्रका विवादबारे नेताहरूले सार्वजनिक रूपमा धेरै बोल्न नहुने प्रतिक्रिया दिएका थिए ।


विश्व खबर 


















