images
images
  • विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

    काठमाडौँ –  मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    त्यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारु बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    पर्वत, मोदी गाउँपालिका–५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका–३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय विष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    स्याङ्जा, हरिनास गाउँपालिका–४ वाङगेश्वरास्थित जङ्गलमा सोही गाउँपालिका–७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images