images
images
  • युद्धबन्दी बोकेको रूसी सैनिक विमान दुर्घटना हुँदा ७४ जनाको मृत्यु

    एजेन्सी : युक्रेनी युद्धबन्दी बोकेको रूसी सैन्य विमान दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ।

    बुधबार रूस-युक्रेन सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको इलुसिन-७६ सैन्य विमान दुर्घटना भएको हो।

    त्यसमा ६५ जना युक्रेनी युद्धबन्दी र चालक दलका ६ सदस्य र तीन जना रूसी सैनिक सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    रूस र युक्रेनबीच बन्दी आदानप्रदानको सहमति भएको केही घन्टामा उक्त घटना भएको हो। युक्रेनले एन्टीक्राफ्ट मिशाइल आक्रमणबाट जहाज खसालेको रूसले आरोप लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images