images
images
  • सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु, मन्त्री धामीको पहिलो मत

    धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान सुरुभएको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।

    राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ ।

    दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहरा, अल्पसंख्यक तथा आपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्दले उम्मेदवारी दिएकी छन् ।

    नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसंख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ ।

    सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४४५७ रहेको छ भने एमालेको मतभार १४८० छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images