images
images
  • भारतको ७७ औं स्वतन्त्रता दिवस आज, प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्दै

    एजेन्सी- अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

    स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

    स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् । यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

    नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन।

    नयाँ दिल्ली गेट वरिपरि लालकिल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले पनि आज एक कार्यक्रमको आयोजना गरी भारतको ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

    सन् २०२४ मा हुने लोकसभा चुनावको पूर्व सन्ध्यामा हुने प्रधानमन्त्री मोदीको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images