images
images
  • खोटाङको साकेला क्याम्पसमा अनेरास्ववियुको सिंगो प्यानल नै विजयी

    काठमाडौं- खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमाले निकट अअनेरास्ववियुको सिंगो प्यानल नै विजयी भएको छ ।

    साकेला गाउँपालिका रतन्छा खोटाङ्गमा रहेको सो क्याम्पसको स्ववियु सभापतिमा यामकुमार खड्का विजयी भएका छन् ।

    यस्तै सचिवमा रमिता फुयाँल, कोषाध्यक्षमा सरला राई, सदस्यमा रिता खड्का कविता दुलाल र उमा विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए ।

    खोटाङमा निर्वाचन हुने ६ वटा क्याम्पसमध्ये ५ वटामा विवादका कारण स्ववियू निर्वाचन स्थगित भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images