काठमाडौं- आइतबार करिब १० बजेतिरको समयमा ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जाँदै गरेको बस मध्य पहाडी राजमार्गमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै बिपी राजमार्ग मध्य पहाडी राजमार्ग स्थानीयले अवरोध गरेका छन्।
ओखलढुङ्गाबाट काठमाडौँ तर्फ आइरहेको बा २ ख ६५९६ नम्बरको बस मध्य पहाडी राजमार्गस्थित सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको र २९ जना घाइते भएपछि घाइतेको समयमै उद्धार र उपचार हुन नसकेको भन्दै स्थानीयले बिपी राजमार्गको खुर्कोटमा अवरोध गरेपछि सयौँ सवारी जाममा परेका छन्।
दुर्घटनाको विषयलाई लिएर राजमार्ग अवरोध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्। दुर्घटनाको विषयलाई लिएर भिडभाड बढेको तर राजमार्ग अवरोध नै भन्ने अवस्था नभएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जना घाइतेलाई उपचारका लागि पठाउन हेलिकप्टर आवश्यक रहेकाले मगाइएको समेत जनाएको छ ।
स्थानीयले गम्भीर घाइतेको तत्काल उद्धार हुनुपर्नेमा सयमै उद्धार र उपचार हुन नसकेको भन्दै राजमार्ग अवरोध गरेका हुन्। -नागरिक दैनिकबाट


विश्व खबर 


















